रुसी सेनामा रहेका अर्को नेपाली युवक युक्रेनी सेनाको नियन्त्रणमा

काठमाडौं । रुसी सेनामा भर्ती भएका दाङको बिजौरीका प्रतिक पुनलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक भएको छ। युद्ध क्षेत्रबाट रिपोर्टिङ गरिरहेका युक्रेनका पत्रकार आन्द्रे चाप्लिएङ्कले सार्वजनिक गरेको भिडिओअनुसार, नेपाली नागरिक पुनलाई दक्षिण पूर्वी युक्रेनको जापोरिजी क…

रुसी सेनामा रहेका अर्को नेपाली युवक युक्रेनी सेनाको नियन्त्रणमा
काठमाडौं । रुसी सेनामा भर्ती भएका दाङको बिजौरीका प्रतिक पुनलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक भएको छ। युद्ध क्षेत्रबाट रिपोर्टिङ गरिरहेका युक्रेनका पत्रकार आन्द्रे चाप्लिएङ्कले सार्वजनिक गरेको भिडिओअनुसार, नेपाली नागरिक पुनलाई दक्षिण पूर्वी युक्रेनको जापोरिजी क्षेत्रबाट सेनाले कब्जामा लिएको हो। उनी रुसको ७०औं मोटोराइज्ड राइफल रेजिमेन्टको सदस्य रहेको बताइएको छ। सैनिक पोशाकमा रहेका पुनले आफू विद्यार्थी भिसामा तीन महीनाअघि रुसको राजधानी मस्को आएको बताएका छन्। एक अजेन्टले सेनामा भर्ती गर्न लगेको उनले बताएका छन्। रुसी सेनासँग भएको कुनै पनि लिखित सम्झौताबारे आफूलाई थाहा नभएको उनले भिडिओमा बताएका छन्। “केही महीनाको तालिमपछि म लडाइँमा गएको थिएँ। म अहिले युक्रेनमा छु,” भिडिओमा पुनले भनेका छन्, ‘नेपालीलाई रुसमा नआउन अनुरोध गर्छु। रुसी राहदानी, पैसा पाउने आसामा यहाँ नआउन आग्रह गर्छु।”