नागढुंगामा प्रहरी र स्थानीयबीच झडप, ठूलो संख्यामा प्रहरी परिचालन

शुक्रवार दिउँसो ३ बजे चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगातर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

नागढुंगामा प्रहरी र स्थानीयबीच झडप, ठूलो संख्यामा प्रहरी परिचालन
काठमाडौं । ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको विषयलाई लिएर नागढुंगामा स्थानीय र प्रहरीबीच झडप भएको छ । शुक्रवार बा ८८ प ७९५५ नम्बरको स्कुटरलाई प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटरमा सवार स्थानीय महिलाको मृत्यु भएपछि शनिवार बिहानैदेखि स्थानीयले सडक अवरूद्ध गरेका हुन् । अवरूद्ध सडक खुलाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फका केही घाइते भएका छन् । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । अहिले नागढुंगामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सवारी आवागमन पनि दुइतर्फी नै सञ्चालनमा आएको प्रहरी वृत्त थानकोटले जनाएको छ । शुक्रवार दिउँसो ३ बजे चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा कलंकीबाट नागढुंगातर्फ जाँदै गरेको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटरमा सवार चन्द्रागिरि–२ नागढुंगा बस्ने ४० वर्षीय श्रीधर भुर्तेल र उनकी श्रीमती अस्मिता भण्डारी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्मिताको शुक्रवार साँझ उपचारकै क्रममा मृत्यु भएको थियो । घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर थानकोट वृत्तमा राखेको छ ।