बागलुङ । माओवादी निकट अखिल क्रान्तिकारीले ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङमा रहेको उत्तरगंगा नमुना माध्यामिक विद्यालयमा बृहत सर–सफाइ कार्यक्रम गरेको छ ।
अखिल क्रन्तिकारी उत्तरगंगा ईकाई समितिको आयोजनामा विद्यालय परिसरमा बृहत सर –सफाई गरिएको हो । जस अन्र्तगत विद्यालयको परिसर वरपर रहेको झाडी, ट्वाइलेट तथा विभिन्न खाडल पुर्ने र फोहोर जलाउने कार्य गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य महेन्द्र चन्दले जानकारी दिए ।
यसै बीच अखिल क्रन्तिकारीले बुर्तिबाङ स्थित निसीभुजी जनता क्याम्पसमा ईकाई गठन गरेको छ । जसको अध्यक्षमा सिता सापकोटा,उपाध्यक्षमा सुनमाया वि.सी, सचिवमा सिर्जना छन्त्याल, सह–सचिवमा झरना र्सिपाली, कोषाध्यक्षमा विपना घर्ति, सदस्यमा नेसमायाँ र्सिपाली,निरमायाँ सिर्पाली,र लक्ष्मी क्षेत्री रहेका छन् । कार्यक्रममा गण्डकी प्रदेश कार्यालय सदस्य प्रेम बहादुर बुढाललगायतको उपस्थिति रहेको थियो ।