काठमाडौं । राष्ट्रिय सभामा जानका लागि नेपाली कांग्रेसका चार नेताले समानुपातिक सूचीबाट आफ्नो नाम निकालेका छन् । समानुपातिक सूचीमा भएकाहरु राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार हुन नपाउने नियम बनेपछि उनीहरुले आफ्नो नाम निकालेका हुन् ।
समानुपातिकको सूचीबाट नाम निकाल्नेहरुमा गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतार रहेका छन् ।
उनीहरु गत वर्ष भएको प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार बनेका थिए ।समानुपातिक पद्धतिका उम्मेदवारले प्रतिनिधिसभाको यो कार्यकालभरि संघीय संसदको उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ ।
फागुनबाट कार्यकाल सकिने १९ सांसदका लागि निर्वाचन आयोगले ११ माघमा निर्वाचन गर्ने समय तोकेको छ ।
कांग्रेसका ४ नेताले समानुपातिक सूचीबाट फिर्ता लिए नाम
काठमाडौं । राष्ट्रिय सभामा जानका लागि नेपाली कांग्रेसका चार नेताले समानुपातिक सूचीबाट आफ्नो नाम निकालेका छन् । समानुपातिक सूचीमा भएकाहरु राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार हुन नपाउने नियम बनेपछि उनीहरुले आफ्नो नाम निकालेका हुन् । समानुपातिकको सूचीबाट नाम निकाल्नेहरुमा गोपालमान…

