१४ किलो सुनसहित दुई जना त्रिभुवन विमानस्थलबाट पक्राउ

बिहीबार राति ११ः४० बजे १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाका चन्द्र घले र मीनबहादुर घले रहेका छन् ।

१४ किलो सुनसहित दुई जना त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । बिहीबार राति ११ः४० बजे १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाका चन्द्र घले र मीनबहादुर घले रहेका छन् । दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । चन्द्र घलेको साथबाट बरामद भएको सात थान बिस्कुट आकारको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई बिहीबार राति नै नियन्त्रणमा लिइएको हो । पक्राउ परेको दुवै जनालाई प्रहरी हिरासतमा राखी भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।