अमेरिका पठाइदिन्छु भनी ६४ लाख रुपैयाँ ठगेको आरोपमा पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भनी बिभिन्न व्यक्ति बाट ६४ लाख पैँतालीस हजार रुपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको टीकापुर १ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २८ वर्षका रमेश न्यौपानेलेले काठमाडौंको नयाँबानेश्वर सिभिल अस्पतालबाट प्रहरीले पक्राउ गरेको हो । प…

अमेरिका पठाइदिन्छु भनी ६४ लाख रुपैयाँ ठगेको आरोपमा पक्राउ
काठमाडौं । अमेरिका पठाइदिन्छु भनी बिभिन्न व्यक्ति बाट ६४ लाख पैँतालीस हजार रुपैयाँ ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको टीकापुर १ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने २८ वर्षका रमेश न्यौपानेलेले काठमाडौंको नयाँबानेश्वर सिभिल अस्पतालबाट प्रहरीले पक्राउ गरेको हो । पीडित गणेश अधिकारी नाम गरेका सहित ५ लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ४५ लाख लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक ३ लाख रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ६४ लाख पैँतालीस हजार लिई सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता एवं उपरीक्षक रविन्द्र रेग्मीले बताएका छन् । रेग्मीका अनुसार पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ ।