राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाको चुनावमा सहभागी हुने भएको छ । आज बिहीवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदो माघ ११ गते हुने राष्ट्रियसभाको चुनावमा सहभागी हुने निर्णय गरेको पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठल…

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाको चुनावमा सहभागी हुने भएको छ । आज बिहीवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदो माघ ११ गते हुने राष्ट्रियसभाको चुनावमा सहभागी हुने निर्णय गरेको पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । यसका लागि अन्य दलसँग आवश्यक सहयोग जुटाउन संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए । यस्तै बैठकले आउँदो पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहसहित पार्टीको सबै तहमा उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । बैठकले पार्टीको नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा पठाई रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय पनि गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आउँदो पुस १, २ र ३ गते काठमाडौंमा बस्ने छ । प्रवक्ता श्रेष्ठका अनुसार बैठकले इलाममा हुने प्रतिनिधिसभाको उपचुनावमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।