मौसमा आंशिक बदलीको सम्भावना

मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।

मौसमा आंशिक बदलीको सम्भावना
काठमाडौं । मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आँकलन गरिएको छ ।