काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको माघका लागि पूर्वनिर्धारित महाधिवेशन मिति सरेको छ । अब महाधिवेशन २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुनेछ ।
एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको मंगलबारको बैठकले माघ १४ मा निर्धारित महाधिवेशनको कार्यतालिका पर सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यो समयमा राष्ट्रिय सभाको निर्वाचन पर्ने भएकाले महाधिवेशन पर सारिएको हो ।
बैठकले माघमा १४ / १५ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । महाधिवेशनका लागि दस्तावेज तयार गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय मस्यौदा समिति बनाइएको छ ।
एकीकृत समाजवादीको महाधिवेशन मिति सर्यो, जेठ ३ मा हुने
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको माघका लागि पूर्वनिर्धारित महाधिवेशन मिति सरेको छ । अब महाधिवेशन २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुनेछ । एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको मंगलबारको बैठकले माघ १४ मा निर्धारित महाधिवेशनको कार्यतालिका पर सार्ने निर्णय गरेक…

