प्रधानमन्त्री प्रचण्ड चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण गर्न नसकेपछि ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा फिर्ता भएको छ। उक्त जहाजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि थिए। मंगलबार बिहान ८ : ३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जह…

प्रधानमन्त्री प्रचण्ड चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण गर्न नसकेपछि ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा फिर्ता भएको छ। उक्त जहाजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि थिए। मंगलबार बिहान ८ : ३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न सकेको थिएन। जनकपुरमा भिजिबिलिटी कम भएपछि काठमाडौं फिर्ता भएर ९: ४८ बजे उक्त जहाज अवतरण भएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए। प्रधानमन्त्री दाहाल भने काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर बर्दिबासतर्फ गइसकेका छन्। प्रधानमन्त्री त्यहाँबाट जनकपुर जाने तयारी छ।