बडिगाडमा कोदालो प्रहार गरी भतिजले गरे काकाको हत्या

रोशन थापा मगर,बागलुङ । बागलुङमा कोदालो प्रहार गरी भतिजले काकाको हत्या गरेका छन्। आइतबार राती बडिगाड गाउँपालिका- १० चैतेका ३३ वर्षीय हिरालाल विकले ४० वर्षीय लालमन विकलाई कोदालोले टाउकोमा प्रहार हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीले जा…

बडिगाडमा कोदालो प्रहार गरी  भतिजले गरे काकाको हत्या
रोशन थापा मगर,बागलुङ । बागलुङमा कोदालो प्रहार गरी भतिजले काकाको हत्या गरेका छन्। आइतबार राती बडिगाड गाउँपालिका- १० चैतेका ३३ वर्षीय हिरालाल विकले ४० वर्षीय लालमन विकलाई कोदालोले टाउकोमा प्रहार हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीले जानकारी दिए। सामान्य विवाद हुँदा भतिजले कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थलमै काका लालमनको मृत्यु भएको डीएसपि केसीले बताए। प्रहरीले सोमबार बिहान खबर पाएपछि अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय भिमगिठ्ठेबाट २ जना र जिल्ला प्रहरी कार्यालय बागलुङबाट ७ जनाको टोली घटनास्थलमा खटिएको डीएसपी केसीले जानकारी दिए। काकाको हत्या गर्ने भतिजालाई सोमबार बिहान घरैबाट पक्राउ गरिएको डीएसपि केसीले बताए।