माओवादी निकट(अखिल क्रान्तिकारी)ले बागलुङका विद्यालयमा गर्‍याे संगठन विस्तार

अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय उपाध्यक्ष राजीव घिमिरेका अनुसार ढोरपाटनका ४ वटा र निसीखोला गाउँपालिकाका ३ वटा विद्यालयमा अखिल क्रान्तिकारी संगठन निर्माण गरिएको हो ।

माओवादी निकट(अखिल क्रान्तिकारी)ले बागलुङका विद्यालयमा गर्‍याे संगठन विस्तार
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले बागलुङको पश्चिममा संगठन विस्तार गरेकाे छ ।  'जनजनमा माओवादी, घर घरमा माओवादी' विशेष रुपान्तरण अभियान अन्तर्गत अखिल क्रान्तिकारीले निसीखोला र ढोरपाटनका ७ वटा विद्यालयमा संगठन विस्तार गरेकाे हाे । अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय उपाध्यक्ष राजीव घिमिरेका अनुसार ढोरपाटनका ४ वटा र निसीखोला गाउँपालिकाका ३ वटा विद्यालयमा अखिल क्रान्तिकारीकाे संगठन विस्तार गरिएकाे हाे । उनका अनुसार ढोरपाटन नगरपालिका -७ ज्ञानेन्द्र माध्यमिक विद्यालयमा चित्रबहादुर विकको अध्यक्षतामा ५५ सदस्य कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा गीता बस्नेत, सुस्मिता अदै, सचिव अपिल कायत, स-सचिव बिरेन्द्र विक, दिनेश सेन्चुरी र कोषाध्यक्षमा संगिता विक रहेका छन् । यस्तै, कक्षा ९ मा होमनाथ बुढा मगरको अध्यक्षतामा ५१ सदस्य कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा बादल विक, विशेष विक, सुन्दर कुमाई, दिनेश विक, सचिवमा थम प्रकाश विक, स-सचिवमा गीता भण्डारी, मिलन विक र कोषाध्यक्षमा आरती अदै रहेका छन् । अन्य सदस्य छन् । अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय सदस्य सुमित घर्तीका अनुसार ढोरपाटन नगरपालिका ८ मा रहेको जनवादी आधारभूत विद्यालयमा भेषबहादुर सुनारको अध्यक्षतामा २१ सदस्य कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा राजकुमार सुनार, आकृती बुढा मगर, करुणा सुनार, सचिव सचेत सुनार, स-सचिवमा विशाल घर्ती, समिक्षा पुन मगर, कोषाध्यक्षमा भीमकुमारी विक र अन्य सदस्य रहेका छन् । यस्तै, सरस्वती माविमा जनक विकको अध्यक्षतामा ४१ सदस्य कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा सन्दीप विक, मलिन विक, सचिवमा मिरा बुढा मगर, स-सचिवमा सयर पुनमगर, कुमारी विक र कोषाध्यक्षमा टेकमाया विक रहेका छन् । यस्तै भूजी माविमा अशोक सुनारको अध्यक्षतामा ५५ सदस्य समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा ठगी सुनार, निहलु विक, सचिव बिनिता विक, सचिव बिनिता शिर्पाली, सहसचिव पुजा घर्ती, कोषअध्यक्षमा तेजिन्द नेपाली र अन्य सदस्य रहेका छन् । यस्तै, निसीखोला गाउँपालिकाको जनकल्याण माविमा ४१ सदस्य कमिटी गठन गरिएको छ ।  ज्ञानेन्द्र माध्यमिक विद्यालयमा ५५ सदस्य कमिटी गठन गरिएको छ । यस्तै तिलाचन माध्यमिक विद्यालयमा ४१ सदस्य कमिटी गठन गरिएको अखिल क्रान्तिकारीका क्षेत्रीय सचिव तिलक घर्तीले जानकारी दिए ।