घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । छापावाल सुन तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा…

घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । छापावाल सुन तोलामा एक लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ५४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।