सुरू भयो एमालेको मध्यपहाडी लोकमार्ग अभियान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मध्यहाडी लोकमार्गकेन्द्रित अभियान सुरू भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर अभियानको थालनी गरेका हुन्। बिहीबार बिहानबाट सुरू भएको अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर…

सुरू भयो एमालेको मध्यपहाडी लोकमार्ग अभियान
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मध्यहाडी लोकमार्गकेन्द्रित अभियान सुरू भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर अभियानको थालनी गरेका हुन्। बिहीबार बिहानबाट सुरू भएको अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिने छ। झन्डै २ हजार किलोमिटर लामो यात्रा छिचोल्न हिँडेको एमालेले राजमार्गका ४९ बढी ठाउँमा सानाठूला सभाको आयोजना गर्नेछ। झुलाघाटमा आयोजित उद्घाटन सभामा बोल्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानले राजक र अस्थिर राजनीतिकलाई सही बाटोमा ल्याउने विश्वास लिएको बताए। उनले सरकारी अकर्मण्यता र ओरालो लागेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउने बताएका हुन्। ‘सरकारी अकर्मण्यता, अहिलेको देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीति यो सबै कुराहरूलाई सही बाटोमा ल्याउने सन्दर्भमा यो यात्राले चिन्तन, मननदेखि व्यवहारिक नीति र योजना निर्माण गर्नका लागि मद्दत पुर्‍याउन सक्छ भन्ने विश्वास लिएको छु,’उनले भने। अभियानको आरम्भमा मध्यपहाडी क्षेत्रका नागरिकको उत्साह देखेर आफू खुसी भएको उनले बताए। ‘झन्डोत्तोलन गरेरयात्रा प्रारम्भ गरिरहेको छौं। यो संवाद, अध्ययन र संकल्पको यात्रा हो, देशलाई समृद्ध बनाइ छाड्ने यात्रा हो,’ उनले भने, हिमाली भेग भन्दा तल र तराईभन्दा, माथिको यो क्षेत्रको कसरी विकास गर्न सकिन्छ, यहाँका जनशक्ति, स्वास्थ्य, रोजगारी, सीप विकास, उत्पादनको बजारीकरण कसरी हुन्छ भन्ने खोजीको यात्रा हो,’ उनले भने। अभियानमा जनतासँग सघन सम्वाद गर्ने, प्राध्यापक, शिक्षक, राजनीतिक दलका नेता–कार्यकर्ता र विभिन्न पेसा, व्यवसायमा काम गरिरहेकाहरूसँग अन्तरक्रिया गर्ने पनि उनले बताए। फरकफरक भूगोल, वातावरण र हावापानीमा विविधतायुक्त विकासको पहिचान गर्ने पनि अभियानको ध्येय रहेको उनले बताए। ‘जनताको अपेक्षा के छ, भोगिरहेका ‘समस्या के छ ? एमालेसँग जनताको अपेक्षा के छ ? एमालेले कसरी काम गरोस् भन्ने छ चाहिराख्नु भएको छ, समृद्ध देश सुखी जनताको राष्ट्रिय आकांक्षा कसरी पूरा गर्न सकिन्छ भनेर हामी आएका हौं,’ उनले भने।