जाजरकोट भूकम्प : त्रिपालमुनी बस्दै आएकी तीन वर्षीया बालिकाको मृत्यु

गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो । साथै, धेरै भौतिक र चौपायाको क्षति भएको थियो ।

जाजरकोट भूकम्प : त्रिपालमुनी बस्दै आएकी तीन वर्षीया बालिकाको मृत्यु
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडित एक बालिकाको चिसोका कारण मृत्यु भएको छ । वडा नं.१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोको कारण बुधवार राति मृत्यु भएको हो । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको उनले बताइन् । भूकम्पपीडितका लागि उचित्र बासस्थान र पर्याप्त खाद्यान्न पुर्याउन नसकिएको उपाध्यक्ष सिंहले गुनासोसमेत गरिन् । गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको ज्यान गएको थियो । साथै, धेरै भौतिक र चौपायाको क्षति भएको थियो ।