बलात्कार गरी हत्या गर्ने खाँ पुर्पक्षका लागि जेल चलान

मङ्सिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहस पश्चात् अदालतले पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

बलात्कार गरी हत्या गर्ने खाँ पुर्पक्षका लागि जेल चलान
तम्घास। किशोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने २३ वर्षीय रहिस् खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् । कात्तिक १७ गते जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरकी १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने बाँकेको खजुरा घर भई विगत पाँच महिनादेखि शान्तिपुरमा बस्दै आएका खाँ पुर्पक्षका लागि जेल चलान भएका हुन् । मङ्सिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहस पश्चात् अदालतले पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनलाई जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको थियो ।