विमानस्थलको धावनमार्गमा एक्कासी स्याल देखिएपछि...

'धावनमार्ग क्लियर नदेखिएपछि टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’ का लागि अनुरोध गरेको थियो,' उनले भने, धावनमार्गमा स्याल देखिएपछि साइट क्लियर गरेर सात बजे सुरक्षित जहाज अवतरण गरिएको हो।'

विमानस्थलको धावनमार्गमा एक्कासी स्याल देखिएपछि...
काठमाडौं । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको धावनमार्गमा स्याल देखिएपछि बुद्ध एयरको जहाजले ओभरसुट गरेको छ। सोमबार काठमाडौंबाट यात्रु बोकेर चन्द्रगढी विमानस्थलमा पुगेको बुद्ध एयरको जहाज अवतरणको समयमा धावनमार्गमा स्याल देखिएपछि ओभरसुट गरेको विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीले जानकारी दिए। उनका अनुसार ६ बजेर ४८ मिनेटमा काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरण गर्ने बेला धावनमार्ग क्लियर देखिएको थिएन। 'धावनमार्ग क्लियर नदेखिएपछि टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’ का लागि अनुरोध गरेको थियो,' उनले भने, धावनमार्गमा स्याल देखिएपछि साइट क्लियर गरेर सात बजे सुरक्षित जहाज अवतरण गरिएको हो।' यस्तै, धावनमार्गमा कहिले चरा, कुकुर पसेर धावनमार्गमा छिर्ने हुँदा यी सामान्य घटना भएको उनले बताए।