मकवानपुरमा दुई जनाको शव फेला

मकवानपुर । मकवानपुरमा दुई जनाको शव फेला परेको छ। लोथर खोला आसपास बेग्लाबेग्लै ठाउँमा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको अनुमान छ। शवका केही भागमात्र फेला परेको प्रहरीले बताएको छ। बाघले आक्रमण गरी मानिस मारेको भन्ने सूचन…

मकवानपुरमा दुई जनाको शव फेला
मकवानपुर । मकवानपुरमा दुई जनाको शव फेला परेको छ। लोथर खोला आसपास बेग्लाबेग्लै ठाउँमा शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको अनुमान छ। शवका केही भागमात्र फेला परेको प्रहरीले बताएको छ। बाघले आक्रमण गरी मानिस मारेको भन्ने सूचनाका आधारमा प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोलीले बाघ खोजी गरेका थिए। सो क्रममा सोमबार राति करिब ७ बजे र गत शुक्रबार पनि सोही ठाउँ नजिकै शव फेला परेको थियो। बाघलाई सोमबार राति नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्ज लगिएको छ। शव फेला परेका मध्ये एक जनाको मात्र सनाखत भएको छ। पहिचान हुने चितवनको राप्ति गाउँपालिका(१ दुबिचौरका हरि पौडेल हुन्।