गगनसँग किन बिच्किए प्रधानमन्त्री देउवा ?

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा कांग्रेसले महामन्त्री गगन थापालाई सहभागी गराएन ।

गगनसँग किन बिच्किए प्रधानमन्त्री देउवा ?
काठमाडौं । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा कांग्रेसले महामन्त्री गगन थापालाई सहभागी गराएन । स्रोतका अनुसार सभापति देउवाको अनिच्छाका कारण उनलाई नबोलाइएको हो । यो सामाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । निर्वाचनअघि गठबन्धनको सिट बाँडफाँड कार्यदलमा महामन्त्री थापा सहभागी थिए । गठबन्धनको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । गगननिकट स्रोतले पनि बैठकबारे कुनै जानकारी नगराइएको बतायो । थापाले संसदीय दलको नेता बन्ने तयारी थालेपछि सभापति देउवा सकारात्मक नरहेको नेताहरूको आँकलन छ ।