काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्नेमाथि सरकारले धरपकड गरेको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले शान्तिपूर्ण ढंगले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने मौलिक हक विपरीत काठमाडौंमा सरकारले धरपकड गरेको बताएका हुन्।
‘शान्तिपूर्ण ढंगले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरू अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरूद्धका काम हुन्,’ उनले लेखेका छन्।
लिङ्देनले धरपकड गरी कुनै पनि समस्याको समाधान ननिस्किने भएकाले सरकारले आफूलाई सच्याउनुपर्ने बताएका छन्।
शान्तिपूर्ण ढंगले विरोध प्रदर्शन गर्नेमाथि सरकारले धरपकड गर्यो : राजेन्द्र लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण ढंगले प्रदर्शन गर्नेमाथि सरकारले धरपकड गरेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले शान्तिपूर्ण ढंगले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने मौलिक हक विपरीत काठमाडौं…

