दुर्गा प्रसाईंको समूहले भोलि तीनकुनेमा प्रदर्शन गर्ने

तीनकुनमा आज भने एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको थियो। प्रशासनले युवा संघका लागि सो क्षेत्रमा प्रदर्शन गर्ने अनुमति दिएको थियो।

दुर्गा प्रसाईंको समूहले भोलि तीनकुनेमा प्रदर्शन गर्ने
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र बचाउ महाअभियान’ले भोलि तीनकुनेमा प्रदर्शन गर्ने भएको छ। अभियानको पहिलो दिन आज बल्खुमा प्रदर्शन गरेको सो समूहले भोलिबाट तीनकुनेमा प्रदर्शन गर्ने बताएको हो । भोलि ११ बजेबाट तीनकुनेमा प्रदर्शन गर्ने कार्यक्रम रहेको अभियानका संयोजक दुर्गा प्रसाईले जानकारी दिए तीनकुनमा आज भने एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको थियो। प्रशासनले युवा संघका लागि सो क्षेत्रमा प्रदर्शन गर्ने अनुमति दिएको थियो। पहिलो दिन उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले ¥याली निकालेको थियो। उक्त र्‍याली बल्खुमा पुगेर कोणसभामा परिणत भयो। कोणसभा हुनुअघि प्रसाईंका समर्थकसँग युवा संघ र प्रहरीको घम्साघम्सी भएको थियो।