काठमाडौं। माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन्। डा. उपेन्द्र महतोले राजीनामा गरेपछि केसी अध्यक्ष भएका हुन्।
केसी पोखराका ब्यवसायी हुन्। माछपुच्छ्रे बैंक स्थापनामा केसी परिवारको महत्वपूर्ण योगदान छ। रोशनका पिता सुर्यबहादुरको पहलमा बैंक खुलेको हो।
बीचमा बैंक कमजोर भएर स्ट्यान्डर्ड फाइनान्सलाई गाभेपछि महतो समूह बलियो भएको थियो। महतो समूहले बैंकको सेयर क्रमिक रुपमा बिक्री गर्दै आएको छ।
केसी केही समयदेखि बैंकको सञ्चालक लगातार निर्वाचित भइरहेका थिए। महतोको राजीनामापछि उनी अध्यक्ष भएका हुन्।
माछापुच्छ्रे बैंकबाट उपेन्द्र महतोले दिए राजीनामा, नयाँ अध्यक्षमा रोशन केसी नियुक्त
काठमाडौं। माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन्। डा. उपेन्द्र महतोले राजीनामा गरेपछि केसी अध्यक्ष भएका हुन्। केसी पोखराका ब्यवसायी हुन्। माछपुच्छ्रे बैंक स्थापनामा केसी परिवारको महत्वपूर्ण योगदान छ। रोशनका पिता सुर्यबहादुरको पहलमा बैंक खुलेको हो। बीचमा बैंक कमज…

