भरतपुरमा भेटिएका दुई शव अनुहारको चोटले पहिचान गर्न कठिन भएपछि...

चितवन । चितवनको भरतपुरमा बिभत्स अवस्थामा दुई शव भेटिएको छ। भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हातखुट्टा बाँधेर बोरामा हाली फालेको अवस्थामा दुई जनाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो एक महिला र पुरुषको शव फेला परेको हो। उनीहरूको…

भरतपुरमा भेटिएका दुई शव अनुहारको चोटले पहिचान गर्न कठिन भएपछि...
चितवन । चितवनको भरतपुरमा बिभत्स अवस्थामा दुई शव भेटिएको छ। भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हातखुट्टा बाँधेर बोरामा हाली फालेको अवस्थामा दुई जनाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो एक महिला र पुरुषको शव फेला परेको हो। उनीहरूको उमेर अन्दाजी ३५ वर्ष हुन सक्ने प्रहरीको अनुमान छ। दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्थामा छैन। मुखमा टेप समेत लगाइएको छ। प्रहरीले शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल लगेको छ।