बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार २०.६७ अंकले बढेर सेयर बजार १८५०.३३ विन्दुमा पुगेर बन्द भएको छ । तिहार तथा छठ पर्वपछि खुलेको पहिलो दिन सोमबार १.३९ अंकले बढे पनि मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको हो । बुधबार ४३ हजार ५८३ पटक कारो…

बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार २०.६७ अंकले बढेर सेयर बजार १८५०.३३ विन्दुमा पुगेर बन्द भएको छ । तिहार तथा छठ पर्वपछि खुलेको पहिलो दिन सोमबार १.३९ अंकले बढे पनि मंगलबार २३.८२ अंकले ओरालो लागेको सेयर बजार बुधबार दोहोरो अंकले बढेको हो । बुधबार ४३ हजार ५८३ पटक कारोबार हुँदा ४२ लाख १३ हजार २८५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार ४९५ रुपैयाँको कारोबार भएको छ । बुधबार १९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४० वटाको ओरालो लागेको छ भने ३ वटाको स्थिर रहेको छ ।