सिंहदरबारको रेट्रोफिटिङ गरेको भवनमा सरे प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको नयाँ कार्यालयमा सरेका छन् । बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्ड नयाँ कार्यालयमा सरेका हुन् । नयाँ कार्याकक्षमा पुगेर उनले आफूमा सिर्जनशीलता बढ्ने विश्वास गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको भवन म…

सिंहदरबारको रेट्रोफिटिङ गरेको भवनमा सरे प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको नयाँ कार्यालयमा सरेका छन् । बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री प्रचण्ड नयाँ कार्यालयमा सरेका हुन् । नयाँ कार्याकक्षमा पुगेर उनले आफूमा सिर्जनशीलता बढ्ने विश्वास गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको भवन मर्मत पनि प्रधानमन्त्री कार्यालय सारिएको हो । २ वर्षभित्र सक्ने गरी लगाइएको पुनर्निर्माणको ठेक्का करिब साढे ४ वर्षपछि सकिएसँगै प्रधानमन्त्रीले भूकम्पअघिकै कार्यकक्ष प्रयोग थालेका हुन् । अब प्रधानमन्त्रीको कार्यकक्षसँगै पुरनै स्वरुपमा पुनर्निर्माण भएका स्टेट हल र बेलायती कक्ष पनि प्रयोगमा आउने अधिकारीहरु बताउँछन् ।