भित्री वस्त्रमा लुकाइएको सुनसहित विमानस्थलबाट एक जना पक्राउ

विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेलो धातु करिब २७२.३७ ग्रामसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

भित्री वस्त्रमा लुकाइएको सुनसहित विमानस्थलबाट एक जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७२.३७ ग्राम सुनसहित एक व्यक्ति पक्राउ परेका छन्। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो। विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेलो धातु करिब २७२.३७ ग्रामसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गेटमा जाँच गर्ने क्रममा ३ थान बेरूवा औंठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटमा बनाई प्लाष्टिकले बेरेको ल्याएको सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब २१७.४० ग्राम फेला परेको थियो। बरामद सुनसहित उनलाई भन्सार कार्यालय सिनामंगल बुझाइने प्रहरीले जनाएको छ।