विराटनगर । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ ।
आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो ।
धनुषाको धनुषाधाम नगरपालिका ९ बाट आएको बस कन्यामबाट फर्कंने क्रममा मेची राजमार्गको कोल्बुङमा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी धनुषाधाम नगरपालिका- ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ३५ वर्षीया मनवती लामाको मृत्यु भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् ।
बसका चालक धनुषाकै ४१ वर्षीय हरीगिन राउतलाई इलाका प्रहरी कार्यालय पशुपति नगरले नियन्त्रणमा लिएको छ ।
घाइतेको विवरण :
३० वर्षीय गणेश कुमारी मुक्तान
११ वर्षीय समिक्षा मुक्तान
१२ वर्षीय बालक शेखर मुक्तान
१२ वर्षीय बालिका निर्जला मुक्तान
३६ वर्षीय महिला अन्जु तामाङ
२ वर्षीय नावालिका स्मिरिका तामाङ
११ वर्षीय बालिका रिजा लामा
११ वर्षीय बालिका काजल नायक
१४ वर्षीय बालिका नितिशा मुक्तान
११ वर्षीय बालिका निशु लामा
४० वर्षीय महिला सुनमाया लामा
२० वर्षीय महिला कबिता घिसिङ
१३ वर्षीय बालक शौगात लामा
१४ वर्षीय बालिका बर्षा तामाङ
१५ वर्षीय बालक सिद्धार्था तामाङ
१५ वर्षीय बालिका स्वेक्षा लोकचन
१२ वर्षीय बालिका विविशा लोकचन
१५ वर्षीय बालिका रोजिना तामाङ
२८ वर्षीय महिला कल्पना कुमारी लामा
२९ वर्षीय महिला शान्ता पाख्रिन
१८ वर्षीय महिला सान्ध्या मोक्तान
३५ वर्षीय महिला मनमती लामा
३० वर्षीय महिला ज्ञानु लामा
१८ वर्षीय महिला प्रतिक्षा लामा
४५ वर्षीय महिला लाल कुमारी लामा
, ४०वर्षीय पुरुष बीरबहादुर लोकचन
१५ वर्षीय बालक कर्ण मुक्तान
१५ वर्षीय बालक कुशुम घिसिङ
६० वर्षीय महिला शान्तमाया तामाङ
३५ वर्षीय पुरुष अनिल परियार
२० वर्षीय महिला रचना घिसिङ
३५ वर्षीय पुरुष संजोक तामाङ
१८ वर्षीय महिला रेनु घिसिङ
१६ वर्षीय समिक्षा लामा
इलाम बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, एकै गाउँका ३२ जना घाइते
विराटनगर । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका- ३ कोलबुङमा दुर्घटना भएको थियो । धनुषाको धनुषाधाम नगरप…

