काठमाडौं । ७ मंसिरका लागि तोकेको युवा संघ र दुर्गा प्रसाईंको कार्यक्रम एकैठाउँमा गर्न नदिने प्रशासनले निर्णय गरेको छ ।
दुवै पक्षले ७ मंसिरमा बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेका थिए । तर, शान्ति सुरक्षाको अवस्था मध्यनजर गरेर दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
‘माइतीघर मण्डल मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रम हुँदैन’, उनले भने, ‘वैकल्पिक स्थानमा कार्यक्रम गर्न भन्छौं ।’
वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।
स्रोतका अनुसार, जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ । त्यसक्रममा कार्यक्रमका लागि वैकल्पिक स्थान रोज्न निर्देशन दिने प्रशासनको तयारी छ ।
युवा संघले ७ गते आफ्नो कार्यक्रम रहेको भन्दै शान्ति सुरक्षा माग गर्दै निवेदन दिइसकेको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भने प्रशासन पुगेको छैन । यद्यपि, छलफलका लागि दुवै पक्षलाई प्रशासनले बोलाइसकेको छ ।
स्रोतका अनुसार, युवा संघ र दुर्गा प्रसाईं पक्ष आमनेसामने हुँदा सिर्जना हुनसक्ने सम्भावित परिस्थितिबारे गृह मन्त्रालयमा आइतबार छलफल भएको छ ।
उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको बैठक गृहसचिव दिनेश भट्टराईले बोलाएका हुन् ।
युवा संघ र दुर्गा प्रसाईंको कार्यक्रम एकैठाउँमा नहुने, प्रशासनले बोलायो दुवै पक्ष
काठमाडौं । ७ मंसिरका लागि तोकेको युवा संघ र दुर्गा प्रसाईंको कार्यक्रम एकैठाउँमा गर्न नदिने प्रशासनले निर्णय गरेको छ । दुवै पक्षले ७ मंसिरमा बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेका थिए । तर, शान्ति सुरक्षाको अवस्था मध्यनजर गरेर दुवै पक्षलाई एकैठ…

