अस्ट्रेलियाले चुम्याे छैटौँ पटक विश्वकप क्रिकेटकाे उपाधि

काठमाडौं । भारतलाई हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ। गुजरातको नरेन्द्र मोदी स्टेडियममा आइतबार बेलुका सम्पन्न फाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो। भारतले दिएको २४१ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍…

अस्ट्रेलियाले चुम्याे छैटौँ पटक विश्वकप क्रिकेटकाे उपाधि
काठमाडौं । भारतलाई हराउँदै एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ। गुजरातको नरेन्द्र मोदी स्टेडियममा आइतबार बेलुका सम्पन्न फाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको हो। भारतले दिएको २४१ रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। यो सँगै अस्ट्रेलियाले सबैभन्दा बढी छैटौँ पटक उपाधि चुमेको छ। सन् १९८७ मा भारत र पाकिस्तानमा हुँदा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले ३६ वर्षपछि पुनः भारतमै अर्को उपाधि थप्यो। त्यतिबेला इंग्ल्यान्डलाई पराजित गरेको थियो। १९९९ मा पाकिस्तानलाई पराजित गर्दै दोस्रो पटक उपाधि जितेको अस्ट्रेलियाले लगातार उपाधिमा ह्याट्रिक गरेको थियो। सन् २००३ मा भारतलाई र २००७ मा श्रीलंकालाई पराजित गर्दै चौथो पटक उपाधि जितेको थियो। त्यसपछि सन् २०१५ मा अस्ट्रेलिया र इग्ल्यान्डमा आयोजना हुँदा न्युजिल्यान्डलाई पराजित गरेको थियो।