माओवादी नेता जनक बर्तौलामाथि आक्रमण गर्ने तीनजना पक्राउ

काठमाडौं । माओवादी नेता जनक बर्तौलामाथि आक्रमण गर्ने तीनजना पक्राउ परेका छन्। गत २२ मंसिरमा काठमाडौंको बानेश्वरस्थित आइप्लेक्स मलनजिक नेता बर्लौलामाथि खुकुरी प्रहार गरी फरार रहेका तीनजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बाँके कोहलपुर– १० का २४ वर्षीय शेरबहाद…

माओवादी नेता जनक बर्तौलामाथि आक्रमण गर्ने तीनजना पक्राउ
काठमाडौं । माओवादी नेता जनक बर्तौलामाथि आक्रमण गर्ने तीनजना पक्राउ परेका छन्। गत २२ मंसिरमा काठमाडौंको बानेश्वरस्थित आइप्लेक्स मलनजिक नेता बर्लौलामाथि खुकुरी प्रहार गरी फरार रहेका तीनजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बाँके कोहलपुर– १० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेची नगरपालिका– ८ का ३४ वर्षीय टेकबहादुर प्रधान र बाँके कोहलपुर– १ का २६ वर्षीय आशिष लामिछने मगर रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट खुकुरी, कपडा, जुत्ता र झोला बरामद भएको छ। उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसुरमा १० दिन म्याद थप भई अनुसन्धान भइरहेको छ।