झाडीमा भेटियो सालनालसहितको नवजात शिशु

हेटौंडा । हेटौडाको एक झाडीमा सालनालसहितको एउटा नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शिशुको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । हाल शिशुलाई मानवसेवा आश्रमको संरक्षणमा राखिएको छ । शिशुको अवस्था भने सामान्य अवस्था बताइएक…

झाडीमा भेटियो सालनालसहितको नवजात शिशु
हेटौंडा । हेटौडाको एक झाडीमा सालनालसहितको एउटा नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शिशुको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । हाल शिशुलाई मानवसेवा आश्रमको संरक्षणमा राखिएको छ । शिशुको अवस्था भने सामान्य अवस्था बताइएको छ । भर्खर जन्मेको शिशुलाई कसले फाल्यो त्यो भने खुल्न सकेको छैन् ।