सशस्त्रका असईले ल्यापटप चोरेपछि...

काठमाडौं । ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट सशस्त्र प्रहरी बलमा कार्यरत असईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) रमेश भण्डारी छन् । स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी क…

सशस्त्रका असईले  ल्यापटप चोरेपछि...
काठमाडौं । ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट सशस्त्र प्रहरी बलमा कार्यरत असईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला घर भएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) रमेश भण्डारी छन् । स्वस्तिक अस्पतालबाट ल्यापटप चोरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए । अस्पतालबाट ल्यापटप चोरेको सिसिटिभी फुटेजमा देखिएको छ । असई भण्डारी पोखराको लामापाटनस्थित तालिम गरिरहेका छन् । उनी बिदा लिएर धनगढी पुगेका हुन् । प्रहरीले उनलाई चोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।