टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणको नि…

टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं  : प्राधिकरण
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणको निर्देशनरआदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले टिकटकबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसके पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा अझै चलिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो । प्रधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ प्राधिकरणको निर्देशरआदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्‍य हुने र सेवा प्रदायकले त्‍यस्तो निर्देशनरआदेशको पालना नगर्दा दूरसञ्‍चार ऐन, २०५३को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्‍ने व्‍यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’ हेर्नुहोस् प्राधिकरणको विज्ञप्ति :