यस्तो रहनेछ आज र भोलिको मौसम

काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागको मौसम सामान्यतया सफा छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड…

यस्तो रहनेछ आज र भोलिको मौसम
काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागको मौसम सामान्यतया सफा छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ। आज राति पनि देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बुधबार भाइटीकाका दिन कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।