काठमाडौं । भक्तपुरमा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्। भक्तपुर नगरपालिका -३ का ६५ वर्षीय अमृता कँडेल र ३३ वर्षीया संगिता आलेमगर घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए
घाइतेहरुलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको छ। चितुवालाई नियन्त्रणमा लिने क्रममा उनीहरू घाइते भएका हुन्। डिभिजन बन कार्यालय हात्तिसारबाट प्राविधिकसहितको उद्धार टोलीले चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
शुक्रबार बिहान भक्तपुर मध्यपुरठिमी-गठ्ठाघरस्थित प्रविन पेट्रोल पम्प पछाडि दुईवटा घरको चेपमा चितुवा बसेको थियो।
भक्तपुरमा चितुवाको आक्रमणबाट दुईजना घाइते
काठमाडौं । भक्तपुरमा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्। भक्तपुर नगरपालिका -३ का ६५ वर्षीय अमृता कँडेल र ३३ वर्षीया संगिता आलेमगर घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए घाइतेहरुलाई उपचारका लागि मध्यपुर अस्पताल लग…

