सन्दीपविरुद्धको मुद्दामा दुबै पक्षसँग बहस नोट माग्ने अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा दुबै पक्षबाट बहस नोट माग गर्ने आदेश दिएका छ । बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले दुबै पक्षसँग बहस नोट माग गर्ने आदेश जारी भएको ह…

सन्दीपविरुद्धको मुद्दामा दुबै पक्षसँग बहस नोट माग्ने अदालतको आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा दुबै पक्षबाट बहस नोट माग गर्ने आदेश दिएका छ । बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले दुबै पक्षसँग बहस नोट माग गर्ने आदेश जारी भएको हो । सन्दीपविरुद्ध गत वर्षको कार्तिकमा एक नावालिग किशोरीले बलात्कारको मुद्दा दर्ता गरेकी थिईन् । लामो समयदेखि उल्झनमा परेको यो मुद्दा पटकपटक रोकिँदै आएको छ । सर्वोच्च अदालतले फास्टट्रयकबाट टुंग्याउन आदेश जराी गरेपछि विभिन्न बाहनामा मुद्दाको प्रक्रिया लम्बयाउने खेल भईरहेको आरोप लाग्दै आएको छ । बहस नोट क्रिकाएसँगै अब भने अन्तिम सुनुवाई अगाडी बढ्ने सम्भावना बढेको छ। अर्को पेसी कहिले हुने भन्ने तोक्न बाँकी छ।