सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रत…

सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ ।