प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग छलफल गर्न बैठक बोलाइएको हो । गएको शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति…

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग छलफल गर्न बैठक बोलाइएको हो । गएको शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति भएपछि प्रधानमन्त्रीले सोसहित समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।