जाजरकोट। सोमबार साँझ गएको भूकम्पका कारण भेरी कोरिडोर सडक अवरुद्ध भएको छ। भेरी नगरपालिका–१, रिम्नामा सडक भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दियो ।
अहिले खुलाउनका लागि पहल भइरहेको जाजरकोट प्रहरीले जनाएको छ। साथै भेरी नगरपालिका–१ कै रावत गाउँमा एक जना घाइते भएको कुरा पनि आएको प्रहरीले जनाएको छ।
प्रहरीको सञ्चार शाखाका अनुसार एक महिला भूकम्प आएको समयमा घरको दोस्रो तलाबाट हाम फाल्दा घाइते भएको सञ्चार शाखाले जानकारी दिएको छ ।
जाजरकोटमा फेरि भूकम्प : सडक अवरुद्ध, एक जना घाइते
जाजरकोट। सोमबार साँझ गएको भूकम्पका कारण भेरी कोरिडोर सडक अवरुद्ध भएको छ। भेरी नगरपालिका–१, रिम्नामा सडक भत्किएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दियो । अहिले खुलाउनका लागि पहल भइरहेको जाजरकोट प्रहरीले जनाएको छ। साथै भेरी नगरपालिका–१ कै रावत गाउँमा एक जना घाइते भएको कुरा…

