काठमाडौं । नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय (केयू)को सहकार्यमा पहिलो हाइड्रोजन फ्युल कार नेपाल भित्रिएको छ। शनिबार केयूले उक्त हाइड्रोजन फ्युल कार नेपालमा भित्र्याएको केयूका उपप्रध्यापक डा विराजसिंह थापाले बताए।
‘हामीले शनिबार उक्त हाइड्रोजन फ्युल कार नेपालमा भित्र्याएका छौं,’ उनले भने, ‘हामीले हुन्डाईको नेक्सो कमर्सियल कार हाइड्रोजन फ्युलमा नेपाल ल्याएका हौं।’
नेक्सो एक किसिमको हाइड्रोजन फ्युल सेल एसयूभी हो जसले अत्याधुनिक प्रविधि र उत्कृष्ट ड्राइभिङ दायराका साथ फ्युचरिस्टिक डिजाइनलाई संयोजन गरेको छ।
थापाका अनुसार यो गाडी केयूले ३३ हजार डलरमा ल्याएको हो। यसमा भएको ६ केजी हाइड्रोजन फ्युल सिलिन्डरले ८०० किलोमिटरसम्म रेन्ज दिने उनको दाबी छ। यसलाई रिफिल गर्न ५ मिनेटको मात्र समय लाग्छ।
यसका लागि निगमले अप्रिल २०२१ मा नै ५ करोड रुपैयाँ केयूलाई दिने सम्झौता गरेको थियो। त्यही अनुसार केयूले रिसर्च एण्ड इफ्रास्ट्रक्चर विकास तथा यसको अध्ययन गरेर ग्रिन हाइड्रोजन ल्याब सेट अप गरेको छ। जसका लागि निगमले हालसम्म ४ करोड रुपैयाँ भुक्तानी गरेको निगमका उपनिर्देशक मनोज कुमार ठाकुरले बताए।
‘हामीले ५ करोड रुपैयाँको सम्झौता गरेकोमा गाडी खरिद गर्न, अध्ययन र ल्याब सेट अपदेखि रिफ्युल स्टेसन निर्माण गर्न ४ करोड रुपैयाँ भुक्तानी गरिसकेका छौं,’ ठाकुरले भने।
यस्तै, थापाका अनुसार अहिले ल्याएको गाडी केयूको ल्याबमा पाइलट प्रोजेक्टको रुपमा राखिने छ। उक्त ग्रिन हाइड्रोजन ल्याबबाट ५ जनाले ग्रिन हाइड्रोजनमा पीएचडी गर्दै गरेको थापाको भनाइ छ।
५ करोड रुपैयाँको हाइड्रोजन 'फ्यूल कार' नेपालमा भित्रियो
काठमाडौं । नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय (केयू)को सहकार्यमा पहिलो हाइड्रोजन फ्युल कार नेपाल भित्रिएको छ। शनिबार केयूले उक्त हाइड्रोजन फ्युल कार नेपालमा भित्र्याएको केयूका उपप्रध्यापक डा विराजसिंह थापाले बताए। ‘हामीले शनिबार उक्त हाइड्रोजन फ्युल कार नेपालमा भित्र्याएका…

