काठमाडौं । माइती घर जान भनेर पराई घरबाट हिँडेकी धादिङको नीलकण्ठ नगरपालिका–१४ रातमाटेकी ५२ वर्षीया भक्ति परियार सोही नगरपालिकामा रहेको थोपल खोला किनारामा मृत अवस्थामा फेला परेकी छन्।
बिहीबार माइती घर नेत्रवति डवजोङ गाउँपालिका–४ थर्पु जान्छु भनी हिँडेकामा माइती घर नपुगेपछि खोजी गर्ने क्रममा थोपल खोला किनारामा उनको शव फेला परेको हो।
यस्तै, दाङको गढवा गाउँपालिका–५ गोठरीस्थित कोइलावास जाने बाटोदेखि करिब ६० मिटर टाढा हाल नाम, थर, वतन नखुलेको पुरुष शनिबार मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
माइती घर हिँडेकी परियार खोलामा मृत अवस्थामा फेला
काठमाडौं । माइती घर जान भनेर पराई घरबाट हिँडेकी धादिङको नीलकण्ठ नगरपालिका–१४ रातमाटेकी ५२ वर्षीया भक्ति परियार सोही नगरपालिकामा रहेको थोपल खोला किनारामा मृत अवस्थामा फेला परेकी छन्। बिहीबार माइती घर नेत्रवति डवजोङ गाउँपालिका–४ थर्पु जान्छु भनी हिँडेकामा माइती घर नपुगेपछि खोजी गर्…

