१० ओभर सकिँदा नेपालका महत्त्वपूर्ण चार ब्याटर आउट

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटको रूपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । उनी ३ रन मात्रै बनाएर पेवेलियन फर्किए । यसअघि नेपालले कुशल भुर्तेलको विकेट गुमाएको थियो । उनी २२ बलमा ३१ रन बनाएर आउट भए…

१० ओभर सकिँदा नेपालका महत्त्वपूर्ण चार ब्याटर आउट
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत नेपाल र ओमानबीचको फाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटको रूपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । उनी ३ रन मात्रै बनाएर पेवेलियन फर्किए । यसअघि नेपालले कुशल भुर्तेलको विकेट गुमाएको थियो । उनी २२ बलमा ३१ रन बनाएर आउट भए । सन्दीप जोरा र आशिफ शेख आउट भएका थिए । जोराले १० रन बनाए भने आशिफले ६ रन मात्रै जोडे । १० ओभरको खेल सकिँदा नेपालले चार विकेट गुमाएरु ६० रन बनाएको छ । अहिले गुल्सन झा र कप्तान रोहित पौडेल खेलिरहेका छन् । ​ कीतिपुर विश्वविद्यालयको मैदानमा भइरहेको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा दुई टोलीबिच यो दोस्रो खेल हो । यसअघि समूह चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।