आजको मौसम कस्तो छ ?

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। आज दिउँसो पनि देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार देशको पहाडी भूभा…

आजको मौसम कस्तो छ ?
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। आज दिउँसो पनि देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार देशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशको पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।