कर्णालीका सभामुख र उपसभामुख सवारी गाडीले मोटरसाइकललाई हान्यो

काठमाडौं । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार स्कर्पियोले मोटरसाईकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बाटो गलकोट हुँदै भूकम्प प्रभावित रुकुम पश्चिम जाँदै गरेका सभामुख र उपसभामुको स्कर्पियोले बागलुङको ढोरपाटन नगरपालिका र बड…

कर्णालीका सभामुख र उपसभामुख सवारी गाडीले मोटरसाइकललाई हान्यो
काठमाडौं । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ र उपसभामुख यसोदा न्यौपाने सवार स्कर्पियोले मोटरसाईकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बाटो गलकोट हुँदै भूकम्प प्रभावित रुकुम पश्चिम जाँदै गरेका सभामुख र उपसभामुको स्कर्पियोले बागलुङको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा पर्ने तुरतुरेमा मोटरसाइकललाई ठक्कर दिएको हो । २–००–१झ००९३ स्कर्पियोको ठक्करबाट ग११प ८१५७ नम्बरको मोटरसाइकलमा सवार तीन जना मध्ये दुई जना सामान्य घाइते भएको प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।