बुद्ध एयरले भूकम्प पीडितलाई १ करोड सहयोग गर्ने

काठमाडौं । बुद्ध एयरले भूकम्प पीडितको राहत र उद्धारको लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । एअरलाइन्सले एक सूचना निकालेर हामी बुध्द एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगक…

बुद्ध एयरले भूकम्प पीडितलाई १ करोड सहयोग गर्ने
काठमाडौं । बुद्ध एयरले भूकम्प पीडितको राहत र उद्धारको लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । एअरलाइन्सले एक सूचना निकालेर हामी बुध्द एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध रहेको उल्लेख गरेको छ । यस दुःखद परिस्थितिमा सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्ने सूचनामा उल्लेख छ।