आइसीसी टी २० छनोट : आज नेपाल यूएईसँग भिड्दै

आइसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज (शुक्रबार) नेपालले युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ । विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । बिही…

आइसीसी टी २० छनोट : आज नेपाल यूएईसँग भिड्दै
आइसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज (शुक्रबार) नेपालले युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ । विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । बिहीबार ओमानसँग ५ रनले पराजित भएपछि यूएईसँग नेपालको भेट पक्का भएको हो । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टी२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ । नेपाल २०२२ मा छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल घरेलु मैदानमा त्यो हारको बदला लिँदै विश्वकपमा छनोट हुन चाहन्छ । आजको अर्को सेमिफाइनल खेलमा टीयू क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।