आजदेखि सरकारी कार्यालय अपरान्ह ४ बजेसम्म मात्र खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ। जसअनुस…

आजदेखि सरकारी कार्यालय अपरान्ह ४ बजेसम्म मात्र खुल्ने
काठमाडौं । आजदेखि सरकारी कार्यालय अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्। जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधान अनुसार आजदेखि माघ १६ गतेसम्म सरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द हुनेछ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ। जसअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था छ भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने व्यवस्था छ।