डिसहोमले नेपाली क्रिकेट खेलाडीलाई २० लाख रुपैयाँको पुरस्कार दिने

काठमाडौं । डिसहोम परिवारले नेपाली क्रिकेट खेलाडीहरूलाई २० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । खेलाडीहरूले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै डिशहोमले आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत एसिया क्वालिफायर २०२३ खेल्ने खेलाडीका लागि पुरस्कारको घोषणा गरेको हो । डिसहोमले घोषण…

डिसहोमले नेपाली क्रिकेट खेलाडीलाई २० लाख रुपैयाँको पुरस्कार दिने
काठमाडौं । डिसहोम परिवारले नेपाली क्रिकेट खेलाडीहरूलाई २० लाख रुपैयाँ पुरस्कार दिने भएको छ । ​ खेलाडीहरूले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै डिशहोमले आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत एसिया क्वालिफायर २०२३ खेल्ने खेलाडीका लागि पुरस्कारको घोषणा गरेको हो ।​ डिसहोमले घोषणा गरेको पुरस्कार अनुसार शतक पूरा गर्नेले दश लाख, ५ विकेट लिनेले ५ लाख, अर्धशतक पूरा गर्नेले १ लाख, ३ विकेट लिनेले १ लाख, ३५ रन बनाउनेले ५० हजार र ३ क्याच स्टमपिङ गर्नेका लागि ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ प्राप्त गर्ने डिसहोमले जनाएको छ ।