माओवादी केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन् । उनी कपिलवस्तुकि हुन् । पूर्व सांसदसमेत रहेकी विश्वकर्मा मंगलबार माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन् ।नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधा…

माओवादी केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा एमाले पार्टीमा प्रवेश गरेकी छन् । उनी कपिलवस्तुकि हुन् । पूर्व सांसदसमेत रहेकी विश्वकर्मा मंगलबार माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन् ।नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वकर्मालाई टीका लगाई एमालेमा स्वागत गरेका हुन् । उमा विश्वकर्मा नेकपा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद भएकी थिइन् ।