यस्तो छ महासचिव एन्टोनियो गुटेरेसले संसदमा गरेको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। मंगलबार अपराह्न बसेको बैठकमा उनले संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको बताए। उनले नेपाल सानो देश भएता पनि अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको बताए।…

यस्तो छ महासचिव एन्टोनियो गुटेरेसले संसदमा गरेको सम्बोधन (पूर्णपाठ)
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। मंगलबार अपराह्न बसेको बैठकमा उनले संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र भएको बताए। उनले नेपाल सानो देश भएता पनि अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको बताए। ‘विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्रको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो’, उनले भने। इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको परिवारजनप्रति गुटेरेसले संवेदना प्रकट गरेका थिए। साथै, बेपत्ता विपीन जोशीको सकुशल आगमनको कामना गरेका थिए। गुटेरेसले संसारले व्यहोरेको जलवायु परिवर्तनको चुनौती नेपालले समेत झेल्नुपरेको आफ्नै आँखाले देखेको बताए । सगरमाथा आधारशिविरदेखि विभिन्न ठाउँमा गएर आफूले जलवायु संकट देख्न पाएको उनले सुनाए ।